कान्छी श्रीमती भएर भित्रिएका नेपाली यी ८ नायिका

धर्म शास्त्रका अनुसार बिहे गरेर बाँधिएकाे जाेडि कहिल्यै छुट्न हुदैन भनिन्छ, तर कुमारी वा कुमार नै हुनुपर्छ भन्ने मान्यता अहिलेकाे समाजमा हराइसकेकाे छ । दोस्रो विवाह गर्नु अहिलेकाे समयमा खासै ठूलाे असर पुराउछ जस्ताे देखिएकाे छैन् ।

धेरै नेपाली अभिनेत्रीहरुले पहिले विवाह गरेर छुट्टिसकेका श्रीमान् रोजेका छन् भने कोही श्रीमतीसँगै बस्नेको दोस्री श्रीमती भएर पनि भित्रिएका छन् । पहिल्यै विवाह गरिसकेका पुरुष रुचाएर विवाह गर्ने ८ नेपाली अभिनेत्रीबारे यस्ताे छ, जान्नुहाेस्ः

-संचिता लुइँटेलःअभिनेत्री संचिता लुइँटेल र अभिनेता निखिल उप्रेती सन् २००९ मा भागेर मुम्बई पुगेपछि मात्र यी दुइले विवाह गरेको खुलेको थियो । संचिताको पहिलो विवाह छोटो समयमा नै टुटेको थियो भने निखिल जेठी श्रीमती कोपिलासँगै बस्दथे । यी दुइले विवाह गर्दा निखिलको घरमा नाबालक छोरा पनि थिए । अहिले निखिल दुबै श्रीमतीसँग मिलेर बस्ने प्रयासमा छन् ।

-सुस्मिता केसी:अभिनेता अनमोल केसीकी आमा सुस्मिताले विवाह गर्दा अभिनेता भुवन केसीले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेका थिए । भूवन र सुस्मिताको विवाह पनि लामो समयसम्म टिक्न सकेन । सुस्मिताले अब विवाह गरेर ‘जात्रा नदेखाउने’ भन्दै दोस्रो विवाह नगर्ने बताएकी छिन् भने भुवन केसी विभिन्न महिलासँगको सम्बन्धका कारण अहिले पनि चर्चामा रहिरहन्छन् ।

-मिथिला शर्माःमिथिला शर्मा कुशल नेपाली चर्चित अभिनेत्री हुनुका साथसाथै कुशल नृत्याङ्गना पनि हुन् । सहज र जीवन्त अभिनय गर्ने मिथिला शर्माले पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहरासँग विवाह गरेकी थिइन् । बोहोराकी मिथिला दोस्रो श्रीमती हुन् । नेपाल पुलिस क्लबमा नृत्य प्रस्तुत गर्दागर्दै मिथिला र मोतीलालले एक अर्कालाई मन पराउन थालेका थिए । मिथिलाले ५० वर्ष कटेपछि सन् २०१४ मा ७४ वर्षीय मोतीलालसँग विवाह गरेकी हुन् ।

-रेखा थापाःनेपालकै सर्वाधिक पछिल्लाे समयसम्म चल्ने यी चर्चित नायिका हुन् रेखा थापा । उनी किशोरावस्थामा नै निर्माता निर्देशक छविराज ओझाकी तेस्री श्रीमती भएर भित्रिएकी थिइन् । करिब १ दशक श्रीमान् श्रीमतीको रुपमा रहेको यो जोडीको सन् २०१२ मा सम्बन्धविच्छेद भइसकेको छ । रेखाले दोस्रो विवाह गर्ने र छविले चौथो विवाह गर्ने हल्ला बेलाबेलामा चल्ने भएपनि उनीहरुले अहिलेसम्म विवाह भने गरेका छैनन् ।

-सिम्पल खनालःअभिनेत्री सिम्पल खनाल पछिल्लो समयमा दोस्री श्रीमती भएर विवाह गर्ने नेपाली अभिनेत्रीको सूचीमा परेकी छिन् । उनले बेलायत बसोबास गर्ने एक पाकिस्तानी नागरिकसँग विवाह गरेकी थिइन् । सिम्पल र उनको श्रीमानको यो दोस्रो विवाह हो ।

-पूजा चन्दःअभिनेत्री पूजा चन्दको पहिलो विवाह सफल हुन सकेन । उनी अमेरिकामा बस्दै गर्दा एन्जल्स ब्यान्डका गायक राजु लामासँग प्रेम सम्बन्धमा परिन् र उतै विवाह पनि गरिन् । राजु लामा र पूजा चन्दका पहिलो विवाहबाट हुर्किसकेका सन्तानहरु छन् । पूजा चन्दले आफ्नो फेसबुकमा आफ्नो नाम पूजा आर. लामा भनेर राखेकी छिन् ।

-सौजन्य सुब्बाःअभिनेत्री सौजन्य सुब्बाले पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा भूपेन चन्दसँग दोस्रो विवाह गरेकी हुन् । सौजन्य र भूपेनले विवाहपूर्व नै आ–आफ्नो डिभोर्स गरिसकेका थिए ।

-शर्मिला मल्लःएक मात्र नेपाली अभिनेत्री हुन् शर्मिला मल्ल । उनी आफ्नो श्रीमानकाे चौथी श्रीमती हुन् । अभिनेता कृष्ण मल्लले शर्मिलाभन्दा अघि तीनजना महिलासँग विवाह गरिसकेको भएपनि त्यसपछि शर्मिलासँग नै जीवन बिताए । अहिले उनीहरुको दाम्पत्य जीवन ३० औं वर्षको चलिरहेको छ । शर्मिलाका अनुसार कृष्णले तीनजना महिलासँग विवाह गरेको कुरा उनीहरुको छोरा जन्मिसकेपछि मात्र भनेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close