आजवाट लागू भयो अनिश्चितकाल निषेधाज्ञा, दलकै नेताले कोरोना फैलाए भन्दै रिसायो प्रशासन

काठमाडौ । दशैंको मुखमा जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले शुक्रवारवाट लागू हुनेगरी निषेधाज्ञा लागू गरेको हो । कोरोनाको जोखिम कायम भएपनि सर्वसाधारणले लापरवाही गरेको भन्दै प्रशासनले यस्तो निर्णय गरेको हो ।

सुनसरीमा शिक्षित वर्गबाटै कोरोनालाई बेवास्था गर्दै लापरवाही भएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बाध्य भएर निषेधाज्ञा जारी गर्नुपरेको बताएका छन्।

सुनसरी प्रशासनले जिल्लाका १२ वटै स्थानीय निकायमा राजनीतिक दललाई कार्यक्रम गर्न, मन्दिर, मञ्जिद, गुम्बा, चर्चमा भेला भएर पूजापाठ गर्न, दसैंतिहार शुभकामना आदान प्रदान र शिलन्यास गर्न पुरै प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताएका छन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

पछिल्लो समय सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्ष कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दलले कार्यकर्ता भेला गरेर पार्टी प्रवेश गर्दा धेरै कारोनाफैलिएको छ। दलहरुका अवैध कार्यक्रमका कारण सुनसरीमा सयौं नेता तथा कार्यकर्ता समेत संक्रमित भएका छन्। शिक्षित र अगुवाहरुवाटै लापरवाही भएको भन्दै प्रशासनले कडाई गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close