३ करोड नेपाली जनताले चाहेजस्तै सरकारले दियो एकदमै खुसीको खबर

सरकारले कोरोना भा इरस (कोभिड–१९) का कारण बन्द रहेका क्षेत्रहरु खुला गर्ने तयारी गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिले ब न्द रहेका क्षेत्रहरु सञ्चालन गर्ने सम्बन्धमा प्रस्ताव ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले भने, खोल्न बाँकी रहेका सेवाहरु सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर त्यसको स्थिति के छ र के कसरी सञ्चालन गर्न सकिन्छ त्यसको खाका पनि तयार गरेर लिएर आउने र छलफल गरेर निर्णयमा पुग्ने भन्ने भएको छ ।’

हाल विद्यालय तथा शैक्षिक संस्थाहरु, समूहमा खेलिने खेल तथा त्यसको प्रशिक्षण, मनोरञ्जन स्थल तथा सिनेमा हल, सैलुन, व्युटीपार्लर तथा जिम, धार्मिक स्थल लगायतका क्षेत्र अझैसम्म बन्द छन् । बैठकले तेस्रो मुलुकबाट उद्दारको क्रम जारी रहेको अवस्थामा उद्दार कार्यलाई थप व्यवस्थित गर्ने निर्णय पनि गरेको छ । ‘तेस्रो मुलुकबाट उद्दारको क्रम जारी रहेको अवस्थामा थप व्यवस्थित गरी थप उडानको व्यवस्था गरेर सिघ्र उद्दार गर्न बाँकी नेपाली नागरिकहरुको उद्दार गर्ने भन्ने निर्णय भएको छ’ सचिव गुरागाईंले भने ।

बैठकले को भिड–१९ रोक थाम तथा नियन्त्रणलाई थप व्यवस्थित र प्र भावकारी बनाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई बढाउने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनचेतनामुलक सन्देशहरु तयार गरेर विभिन्न सञ्चार माध्यमबाट प्रसारण गर्ने व्यवस्था मिलाउनेछ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close