५० हजार धरौटिमा प्रमिला छुटिन् प्रमिला सन्तोषकी श्रीमती प्रमिला, प्रहरी चौकीबाट छुटेर कहाँ गइन ? (भिडियो)

सन्तोष सुनारालाई छोडेर अर्कैसंग भागेकी प्रमिला सुनार ५० हजार धरौटीमा छुटेकी छन् । दुई छोराछोरीलाई छोडेर वर्दियाका अर्का एक विवाहित ब्यक्तिसंग भागेकी थिइन् । उनलाई सन्तोषले वहुविवाहको मुद्दा दिएका कारण प्रमिलालाई प्रहरीले हिरासतमा राखेको थियो । वैदेशिक रोगजारीका लागि नेपाल वाहिर रहेका सन्तोषले त्यहाँ कमाएको सबै सम्पत्ती प्रमिलालाई नै पठाउने गरेका थिए । तर दुई छोराछोरीको आमा समेत रहेकी प्रमिलाले धोका दिएपछि उनी आपतकालिन टिकट लिएर नेपाल फर्केका थिए ।

३५ दिन सम्म खोजी गरेपछि प्रमिलालाई उनले अर्कै पुरुषसंग एउटा कोठामा बसेको अवस्थामा रंगेहात फेला पारेका थिए । निकै माया गरेर राखेका सन्तोषले धोका पाएपछि रुँदै मिडियामा सहयोगको याचना सहित गुहार मागेका थिए । प्रमिलाको आमा भने छोरीलाई भेटेर आएको बताइन् । तर आमाले भने आफु साक्षी नबसेको बताएकी छन् । अहिले प्रमिला कहाँ छन् भन्ने आफुलाई थाहा नभएको पनि आमाले बताइन् ।

नाती नातिनाले आमा खोजिरहेको र छोरी आउन माने आफु ल्याउन तयार रहेको बताएकी छन् । उनले नाती नातिनीका लागि पनि छोरी माइतमा आएर बसेर हेरचाह गरिदिए राम्रो हुने बताइन् । त्यसो गर्दा सन्तोषलाई कस्तो लाग्ला त भनेर सोध्दा उनले त्यो त मलाई थाहा भएन अरुले भन्दा उसैले माया गर्लि नी आफ्नो छोराछोरीलाई उनले भनिन् ।

प्रमिला ५० हजार धरौटीमा छुटेको विदेशमा रहेका सन्तोषले थाहा पाएर निकै दुखी भएको बताएका छन् । प्रमिलालाई लैजाने अर्का पुरुष भने कारागार चलान भएका छन् । वर्दियाका सुरेस परियारसंग प्रमिला भागेकी थिइन् । प्रमिला ५० हजार धरौटीमा छुटे पनि सुरेस भने कारागार चलान भएको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close