प्रचण्डका पूर्वप्रेस संयोजकले गरे सेक्युरिटी खरिदमा कमिसन काण्डमा प्रधानमन्त्री ओलीमाथि शंका

काठमाडौं । सरकार अहिले नीतिगत भ्रष्टाचारमा लागेको आरोप खेपिरहेको छ । यसैक्रममा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट बिहीबार राजीनामा दिए । राजीनामा दिनुको कारण बन्यो– सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद शिलशिलामा कमिसनका लागि स्वीस एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोडको मोलतोल गरेको अडिओ सार्वजनिक हुनु । सार्वजनिक अडिओको आधारमा कमिसनको मोलतोल गर्ने व्यक्ति थिए, गोकुल बाँस्कोटा ।

विश्वासपात्र बाँस्कोटामाथि कमिसन लेनदेनका लागि बार्गेनिङ गरेको आरोप लागेपछि प्रधानमन्त्री ओली नैतिक संकटमा परेका छन् । भ्रष्टाचार नगर्ने मात्रै होइन भ्रष्टाचारीलाई नहेर्ने बताउँदै आएका प्रधानमन्त्री ओलीका विश्वासिला मन्त्री नै कमिसनको चक्कर परेका छन् ।

प्रधानमन्त्री ओलीनिकट गोकुल बाँस्कोटा कमिसन बार्गेनिङ गरेको अडिओदेखि राजीनामा दिएपछिको अवस्थासम्मलाई विश्लेषण गर्दै नेकपाका अर्का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक रहेका मनहरि तिमिल्सिनाले प्रधानमन्त्रीमाथि पनि शंका उब्जाएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा ५ वटा बुँदा उल्लेख गर्दै उनले प्रधानमन्त्री ओली पनि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद कमिसनमा संलग्न रहेको आशंका गरेका हुन् ।

फेसबुकमा पूर्वप्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक तिमिल्सिना लेख्छन्, ‘विश्वस्त हुन नसकेको मन। (१) बाँस्कोटाले कमिसन मागेको अडियो २ महिनाअघि नै प्राप्त गरेर पनि सरकार मौन रहनु, (२) यती समूहसँग सरकारको अविछिन्न र अराजनीतिक सम्बन्ध देखिनु, (३) अडियो भेटेपछि पनि बाँस्कोटा देशकै प्रतिभा भएको र बाँस्कोटासँग कसैको तुलना नहुने भन्दै प्रधानमन्त्रीले तारिफ गर्नु, (४) मन्त्रीबाट राजीनामा दिएपछि सल्लाहकारकै टीमले बाँस्कोटालाई बालकोट र्पुयाउनु र (५) बाँस्कोटाले प्रधानमन्त्रीको निवास बालकोट नछोड्नु र उनलाई छोड्न नभन्नु। यी पाँच कारणले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रक्रियामा पूर्वमन्त्री बाँस्कोटा मात्र दोषी थिए भन्न मन मानेन। जनता यी यक्ष प्रश्नको जवाफ खोजिरहेछन्
www.canadanepal.comवाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close