ला लिगा : रियल मड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा उक्लियाे

स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडमाथि १-० को कठिन जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो ।बर्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनलाई कठिन जित दिलाउनको लागि कप्तान लियोनल मेस्सीले पोनाल्टी मार्फत गोल गरे ।

खेलको ८९ औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टी मार्फता गोल गरेका थिए । उक्त गोल नै निर्णयक गोल बन्यो । सोसिडाडका खेलाडीले बक्समा हेडिङ गर्नेक्रममा ह्यान्ड बल गरेपछि भिएआरले बार्सिलोनालाई पेनाल्टीको मौका दिएको थियो ।निकै प्रतिस्पर्धात्मक खेलमा खेलभर बार्सिलोनाले सोसिडाडको पोस्टमा १३ पटक प्रहार गर्दा ६ पटक मात्रै टार्गेटमा हान्यो । सोसिडाडले भने बार्सिलोनाको पोस्टमा ९ पटक प्रहार गरेको थियो तर एक पटक मात्रै टार्गेटमा हान्यो ।

यो जितसँगै बार्सिलोनाले रियल मड्रिडलाई २ अंकले पछि पारेको छ । २७ औं खेलबाट बार्सिलोनाले ५८ अंक जोडेको छ भने बार्सिलोना भन्दा एक खेल कम खेलेको रियल मड्रिडको ५६ अंक रहेको छ । पराजित सोसिडाड ४३ अंकसहित छैटौं स्थानमा छ । आज राति १ : ४५ बजे रियल मड्रिडले १४ औं स्थानको रियल बेटीससँग खेल्दैछ । उक्त खेलमा रियल मड्रिडले स्पष्ट जित निकाले रियल मड्रिड पुन: शीर्ष स्थानमा उक्लिने छ । रियल मड्रिडले खेल हारे वा बराबरीमा खेल शीर्ष स्थानमा उक्लिने मैका गुमाउने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close